नारायण खड्काको प्रश्नमा ओलीले भने : प्रश्न फेला पार्नै मुस्किल भयो

हिमाल प्रेस ६ भदौ २०८१ १५:५१ | Thursday, August 22, 2024
नारायण खड्काको प्रश्नमा ओलीले भने : प्रश्न फेला पार्नै मुस्किल भयो

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर चलिरहेको छ। सुरुमै कांग्रेसका सांसद नारायण खड्कालाई प्रश्न गर्न सभामुख देवराज घिमिरेले समय दिए। उनले नौ मिनेटभन्दा धेरै समय लिएको भन्दै सभामुखले सचेत पनि गराए। त्यसपछि प्रधानमन्त्री ओलीले जवाफ दिन समय पाए। जवाफमा प्रधानमन्त्री ओलीले प्रश्नै फेला पार्न नसकेको बताए।

‘प्रश्न कहाँ गर्नुहुन्छ भनेर ध्यान पूर्वक सुनेको थिए । प्रश्न फेला पार्नै मुस्किल भयो‚’ प्रधानमन्त्री ओलीले भने‚‘सुझाव पत्र जस्तो छ । प्रश्नमा सोलुसन आफैँ आएको छ।’ ओलीले यसो भन्दा सदनमा हाँसो गुन्जियो।

प्रकाशित: ६ भदौ २०८१ १५:५१ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast