फाइल तस्बिर
त्रिवेणी (रुकुम पश्चिम)- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० बयाल्यामा बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन्। गएराति धितालको घर भत्किँदा घरमा रहेका २२ बाख्रा पुरिएर मरेका हुन्। घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो। सोही घर भत्किँदा बाख्रा मरेका हुन्। घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए। घरपरिवार अस्थायी आवास (टहरो) मा बसेकाले मानवीय क्षति भने भएको छैन। अन्य क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए।
प्रकाशित: ६ भदौ २०८१ १४:०५
प्रतिक्रिया



