‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख

हिमाल प्रेस ५ भदौ २०८१ १९:१४ | Wednesday, August 21, 2024
‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख सभामुख देवराज घिमिरे। फाइल तस्बिर

काठमाडौँ– सभामुख देवराज घिमिरेले ‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी हो भनेर महसुस गर्नेगरी काम गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गरेका छन्।

प्रमुख सचेतकहरूसँग बुधबार भएको छलफलमा उनले संसद् बैठक नभएका दिन संसदीय समितिका बैठक गरेर विचारधीन विधेयकलाई निष्कर्षमा पुर्‍याउन प्रमुख सचेतकहरूले ख्याल गर्नुपर्ने बताए।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले बिहीबार बिहान ११ः३० बजे कार्यव्यस्था परामर्श समितिको बैठक बोलाइएको बताए।

भोलिको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यसूची रहेको बताउँदै उनले यस कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि भूमिका निर्वाह गर्न सभामुखले आग्रह गरेकाे बताए।

बैठकमा प्रतिनिधिसभाको आगामी बैठक भदौ ११, १२, १३ गते गर्नेगरी प्रस्ताव गरिएको छ। यसैगरी प्रत्येक १५ दिनमा संसद् बैठकको कार्यतालिका बनाएर प्रभावकारी रुपमा सञ्चालन गर्नेगरी छलफल भएको मुख्य सचेतक बर्तौलाले जानकारी दिए।

संसदीय समितिमा विभिन्न विधेयक विचाराधीन अवस्थामा सभामुख घिमिरेले समितिले निर्णयार्थ काम गर्नेगरी संसदीय समितिका बैठकलाई पनि प्रभावकारी बनाउन आग्रह गरेका थिए।

प्रकाशित: ५ भदौ २०८१ १९:१४ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast