‘तापक्रम वृद्धिले हिमताल फुटेर थामेमा बाढी’

हिमाल प्रेस ५ भदौ २०८१ १८:४०
14
SHARES
‘तापक्रम वृद्धिले हिमताल फुटेर थामेमा बाढी’

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तापक्रम वृद्धिका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको जनाएको छ।

बुधबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तापक्रम वृद्धिका कारण थामे खोलाको मुहान क्षेत्रमा रहेका हिमतालमा पानी बढेको र तल्लो ताल फुटेर बाढी आएको जानकारी दिए।

स्थलगत निरीक्षणका क्रममा पनि हिमाल पग्लेर माथिल्लो तालमा पानीको सतह बढेको र उक्त पानी तल्लो तालमा जम्मा भई भार थेग्न नसकेर फुटेको देखिएको उनले बताए।

पोखरेलले स्थानीयवासीले सो समयमा केही वर्ष भए पनि अहिलेसम्मकै गर्मी महसुस गरेको बताएको समेत जानकारी दिए। उनले सोलु घटनाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढेको पुष्टि भएको उल्लेख गरे।

उक्त घटनाको अध्ययन गर्नका लागि सर्भे टोली सक्रिय रहेकाले केही दिनमा नै ठोस कुरा बाहिर आउने प्राधिकरणले जनाएको छ। शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा एक्कासि बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो।

शनिबार बिहान प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast