भरतपुर अस्पतालमा महिलाको मृत्युबारे छानबिन गर्न समिति गठन

हिमाल प्रेस ५ भदौ २०८१ १७:२४ | Wednesday, August 21, 2024
भरतपुर अस्पतालमा महिलाको मृत्युबारे छानबिन गर्न समिति गठन प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- उपचारका लागि भरतपुर अस्पताल गएकी एक महिलाको ज्यान गएको सम्बन्धमा छानबिन समिति गठन गरिएको छ। पाठेघरमा पलाएको मासुको डल्लो निकाल्नको लागि भरतपुर अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको थियो।

चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक राखेर छानबिन समिति गठन गरिएको छ। भरतपुर अस्पतालका सिनियर डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरिएको हो।

समितिका सदस्यहरुमा क्यान्सर अस्पतालका एनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली रहेका छन्।

त्यस्तै मृतकका आफन्तका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले रहेका छन्। भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यलाई सदस्य सचिव तोकिएको छ।

प्रकाशित: ५ भदौ २०८१ १७:२४ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast