साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै भारत विजयी

हिमाल प्रेस ३ भदौ २०८१ १८:१० | Monday, August 19, 2024
साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै भारत विजयी

काठमाडौँ- साविक विजेता भारतले साफ यु-२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारतले भुटानमाथि १-० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। भारतका लागि मोनिरूल मोल्लले गोल गरे। उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो।

उक्त प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ। खेलमा भारतका दुई र भुटानका एक खेलाडीले रातो कार्ड पाएका थिए।

प्रकाशित: ३ भदौ २०८१ १८:१० | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast