कात्तिक ३० मा सर्‍याे ‘ह्रस्व दीर्घ’

हिमाल प्रेस ३ भदौ २०८१ १२:२६ | Monday, August 19, 2024
कात्तिक ३० मा सर्‍याे ‘ह्रस्व दीर्घ’

काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० मा प्रदर्शन हुने भएको छ। फिल्मका केही कलाकारको तस्बिरसहितको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक ३० लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

यसअघि असोज ३ मा पनि प्रदर्शन गर्ने निर्णय गरेको थियो। प्राविधिक काम नसकिएको भन्दै केही दिनअघि निर्माण टिमले मिति पोस्पोन्ड गरेका थिए। हाल मुम्बईमा फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ।

चन्द्र पन्तले निर्देशन गरेको फिल्ममा कलाकार नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिकामा छन्। फिल्ममा अन्य कलाकार विपना थापा, गरिमा शर्मा, भारतीय कलाकार प्रदीप रावत, ब्रह्मानन्दम्, सुनील बर्मालगायत कलाकारको अभिनय छ।

प्रकाशित: ३ भदौ २०८१ १२:२६ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast