सुनसरीको इनरुवा नगरपालिका–४ स्थित खेतमा सोमबार धान गोड्दै किसान।
काठमाडौँ- यतिखेर देशभरका किसान असार र साउन पहिलो हप्तासम्म रोपाइँ गरिएको धान गोड्न व्यस्त छन्। कतिपय किसानले धान गाेडेपछि मल हाल्ने गरेका छन्। धान गाेड्दा किसानले लामाे बाहुला भएकाे कपडा लगाउँछन्।
यो वर्ष समयमै मनसुन भित्रिएकाले अघिल्ला वर्षभन्दा धेरै धान फल्ने किसानले आशा गरेका छन्। नेपालको मौसमअनुसार धान असोजदेखि मंसिर महिनाभित्र पाकिसक्छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो।








तस्बिरहरू रासस
प्रकाशित: ३२ साउन २०८१ ८:३३
प्रतिक्रिया



