किसानलाई धान गाेड्न भ्याइनभ्याइ [तस्बिरहरू]

हिमाल प्रेस ३२ साउन २०८१ ८:३३ | Friday, August 16, 2024
किसानलाई धान गाेड्न भ्याइनभ्याइ [तस्बिरहरू] सुनसरीको इनरुवा नगरपालिका–४ स्थित खेतमा सोमबार धान गोड्दै किसान।

काठमाडौँ- यतिखेर देशभरका किसान असार र साउन पहिलो हप्तासम्म रोपाइँ गरिएको धान गोड्न व्यस्त छन्। कतिपय किसानले धान गाेडेपछि मल हाल्ने गरेका छन्। धान गाेड्दा किसानले लामाे बाहुला भएकाे कपडा लगाउँछन्।

यो वर्ष समयमै मनसुन भित्रिएकाले अघिल्ला वर्षभन्दा धेरै धान फल्ने किसानले आशा गरेका छन्। नेपालको मौसमअनुसार धान असोजदेखि मंसिर महिनाभित्र पाकिसक्छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको तल्लाखेतमा गण्डकी प्रदेश सरकारको सहयोगमा १०९ रोपनी जमिन चक्लाबन्दी गरी सामूहिक रुपमा गरिएको धानखेती।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीका किसान धान खेतीमा मल छर्दै।
काठमाडौँ बुढानीलकण्ठ–१३ स्थित चुनिखेलको खेतीमा धान गोड्दै किसान।
नुवाकोटको विदुर नगरपालिका–४ विदुर स्थित हरियाली धानखेती।
सप्तरीको तिरहुत गाउँपालिका–३,पिप्राहीमा हरियाली धानखेती।
वीरगञ्ज महानगरपालिका २२ स्थित जगनाथपुरमा गरिएको हरियाली धानखेती।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित बल्थलीका किसानले गरेको धान र मकैखेती।
तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेस्थित धान फाँट र आसपासका बस्तीको रमणीय दृश्य।

तस्बिरहरू रासस

प्रकाशित: ३२ साउन २०८१ ८:३३ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast