नेप्सेले पार गर्‍यो तीन हजार विन्दु, कारोबारमा नयाँ रेकर्ड

हिमाल प्रेस ३१ साउन २०८१ १५:५४ | Thursday, August 15, 2024
नेप्सेले पार गर्‍यो तीन हजार विन्दु, कारोबारमा नयाँ रेकर्ड सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ३ हजारको विन्दु पार गरेको छ। आज बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से ४३.०५ अंकले बढेसँगै नेप्सेले ३ हजारको विन्दु पार गरेको हो।

नेप्से १.४५ प्रतिशतले बढेर ३०००.८१ विन्दुमा पुगेको छ। नेप्सेबढेसँगै कारोबारमा पनि नयाँ रेकर्ड राखेको छ। प्रि ओपन सेसनमा २२ अंकले बढेर सुरु भएको सेयर बजार बन्द हुँदासम्म २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड कायम गरेको हो।

आज प्रतिशतको आधामा सबैभन्दा बढी वाणिज्य बैंकिङ समूह बढेको छ। वाणिज्य बैंक ५.६५ प्रतिशतले बढेर १६८४.९३ विन्दुमा पुगेको छ। आज १३ वटा समूहमध्ये फाइनान्स, जीवन बीमा, उत्पादन, लघुवित्त र अन्य समूह घटेको छ। आज सबैभन्दा बढी फाइनान्स ३.०५ प्रतिशतले घटेर ३८४८.७१ विन्दुमा पुगेको छ।

आज सेयर बजारमा उछाल आउँदा ६ करोड ८९ लाख ८० हजार ३४६ लाख कित्ता सेयर किनबेच भएको छ। आज १०५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ। १ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बिहीबार ३३४ वटा कम्पनीको सेयर ३ लाख ११ हजार ५३६ पटक किनबेच भएको छ। आज ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप ५ वटा कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ।

नेपाल फाइनान्सको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। थाप २ वटा कम्पनीको सेयर मूल्य पनि ७ प्रतिशत भन्दा बढीले घटेको छ।

प्रकाशित: ३१ साउन २०८१ १५:५४ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast