ताप्लेजुङमा पहिरोले बगायो दुई घर

हिमाल प्रेस ३० साउन २०८१ २०:०३ | Wednesday, August 14, 2024
ताप्लेजुङमा पहिरोले बगायो दुई घर

ताप्लेजुङ- मंगलबार राति गएको पहिरोले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ। पहिरोले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए।

पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिरोले बगाएको हो। उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिरोले पुरेको वडाध्यक्ष शेर्पाले बताए।

होटेल सञ्चालक शेर्पा आज ९बुधबार० दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ। ‘साँझदेखि नै पानी पर्न सुरु भएको थियो, राति करिब २ बजेपछि पहिरोले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन,’ उनले भने, ‘घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ।’

पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ। यही पुल भएर कञ्चनजंघा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ।

प्रकाशित: ३० साउन २०८१ २०:०३ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast