लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

हिमाल प्रेस ३० साउन २०८१ १६:२८ | Wednesday, August 14, 2024
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने चेतनारायण आचार्य

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ मा विश्वसको मत लिने भएका छन्। लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वनसको मत प्रयोजनका लागि पत्र पठाइसकेका छन्।

त्यस दिनको प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी विषय कार्यसूचीमा राखिएको प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए। आचार्य साउन ७मा मुख्यमन्त्री नियुक्त भएका थिए।

एमाले र कांग्रेसका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेकाले उनले सहज विश्वासको मत पाउनेछन्। सरकारलाई पूर्णता दिन अझै बाँकी छ। कांग्रेसबाट एक जना र दुई जना साना राजनीतिक दलबाट मन्त्री नियुक्त गर्ने तयारी छ। विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी छ।

प्रकाशित: ३० साउन २०८१ १६:२८ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast