‘जन्ते बाख्रो’ मा भित्रिए आशिफ शाह

हिमाल प्रेस २९ साउन २०८१ १६:०६ | Tuesday, August 13, 2024
‘जन्ते बाख्रो’ मा भित्रिए आशिफ शाह

काठमाडौँ- सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्म ‘जन्ते बाख्रो’ मा कलाकार आशिफ शाह अनुबन्धित भएका छन्। निर्माण टिमले कलाकार शाह अनुबन्धित भएको जानकारी दिएका हुन्। यसअघि फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भैसकेका छन्।

फिल्मको छायांकन आगामी तिहारदेखि सुरु हुने निर्माण टिमको तयारी छ। फिल्मको छायांकन हरि हुँमागाईले गर्नेछन्। निर्देशक निर्देशक सुनुवार यतिबेला हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो रोडिजको छायांकनमा व्यस्त छन्।

फिल्ममा मुख्य अभिनेत्रीसहित केही कलाकारका लागि अडिसन आव्हान गरिएको छ। जसको छनोट काम केही दिनमा सुरु हुने निर्देशक सिमोसले बताए। उनका अनुसार फिल्मको अडिसनमा सहभागी हुन देशभरबाट करिब ४ सय बढिले आवेदन दिएका छन्।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको फिल्म कमेडी कथावस्तुमा आधारित हुनेछ। बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। फिल्मको कथावस्तु यसैमा आधारित रहनेछ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा सन्तोष गौतमको लगानी रहनेछ।

प्रकाशित: २९ साउन २०८१ १६:०६ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast