‘रावायण’ को टाइटल गीत

हिमाल प्रेस २९ साउन २०८१ १५:४३ | Tuesday, August 13, 2024
‘रावायण’ को टाइटल गीत

काठमाडौँ- फिल्म ‘रावायण’ को टाइटल गीत सार्वजनिक भएको छ। गीत आएसआर डिजिटल युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो। बलिउड गायक नकाश अजिजको स्वर रहेको गीतका शब्द कृष्णहरी बरालले लेखेका हुन् भने रेवान आरती सिंहले संगीत भरेका छन्।

विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका कलाकार पूजा शर्मा, पल शाह र निर्देशक सुदर्शन थापाको अभिनय देख्न सकिन्छ।

सुदर्शन थापा निर्देशित फिल्म आगामी भदौ २१ गते प्रदर्शन हुनेछ।फिल्ममा अन्य कलाकार प्रियंका कार्की, पूजा शर्मा, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, नीकिता चाण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोनिस बोसलगायत कलाकारको अभिनय छ।

लभस्टोरी फिल्म निर्देशकको रुपमा चिनिएका सुदर्शन थापाले यसपटक एक्सन जनरामा फिल्म बनाएका छन्। शिवम अधिकारीको लेखन रहेको फिल्ममा प्रदीप श्रीवास्तवको पटकथा छ।

फिल्म सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्वमा बनेको छ।

प्रकाशित: २९ साउन २०८१ १५:४३ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast