‘सतीदेवी’ निर्देशक लक्ष्मण सुवेदी भन्छन् : फिल्ममा गाउँको परिवेश समेट्ने प्रयास गरेको छु

हिमाल प्रेस २९ साउन २०८१ ९:४० | Tuesday, August 13, 2024
‘सतीदेवी’ निर्देशक लक्ष्मण सुवेदी भन्छन् : फिल्ममा गाउँको परिवेश समेट्ने प्रयास गरेको छु

काठमाडौँ- भदौ ७ मा रिलिज हुने ‘सतीदेवी’ टिम अहिले प्रचारमा व्यस्त छ। मलिका महतको शीर्ष भूमिका रहेको यो फिल्मका ट्रेलरका संवादले चर्चा बटुलिरहेका छन्।

विशेषतः फिल्मको टिजर तथा ट्रेलरमा रहेको ‘सिक्का भेटें खोटो रछ चल्दैन, मजस्तै रछ’ भन्ने संवाद लोकप्रियता बढाएको छ।

संवादले पात्रहरूको भावना, विचार, र कथा स्पष्ट रुपमा दर्शकमाझ पुर्‍याउने मात्र नभइ फिल्मको कथा प्रवाह गर्न, चरित्रहरूको विकास गर्न, र दृश्यहरूको भावनात्मक प्रभाव बढाउने काम गरेको निर्देशक सुवेदीको भनाइ छ।

सुवेदी आफ्नो सिनेमा यिनै कुराहरु उजागर गर्न संवादमा विशेष मेहेनत गरेको बताउँछन्। सिनेमाको निर्देशक सँगै लेखकसमेत भएकाले सिनेमामा संवादलाई सरस बनाउने आफ्नो प्रयास आफूले गरेको उनको भनाइ छ।

‘मैले मेरो मनबाट लेखेको संवाद हो। सिनेमाको कथा गाँउदेखि सुरु भइ सहरसम्म पुग्नेछ। मैले यसमा गाउँले बोलीचालीदेखि सहरको शैलीसम्म संवादमा टिप्ने प्रयास गरेको छु। टिजर र ट्रेलर आएपछि दर्शकहरुले संवादहरु नोट गर्नुभएको छ’, उनले भने।

सिनेमामा संवादले दर्शकलाई पात्रहरूसँग जोडने काम गर्छ । संवादले फिल्मलाई स्मरणीय बनाउन प्रभावशाली काम गर्छ भने कयैन अवसरमा सिनेमाका संवादहरु दर्शकको मनमा लामो समयसँग घर बनाएर समेत बस्छन्। तीमध्ये कति संवाद त दर्शकलाई यति मनपर्छन् कि आफ्नो दैनिक बोलीचालीमा समेत प्रयोग गर्ने गरेका थुप्रै उदाहरण छन्।

लक्ष्मणको ‘सिक्का भेटे खोटो रछ चल्दैन, मजस्तै रछ’ संवाद एउटा त्यस्तै उदाहरण हो। यो संवादमाथि थुप्रै महिला तथा किशोरी दर्शकले टिकटक भिडियो, फेसबुक रिल्स तथा युट्यूब सट्सहरु बनाइरहेका छन्।

प्रकाशित: २९ साउन २०८१ ९:४० | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast