फेरि फुट्यो मोहन वैद्यको पार्टी

हिमाल प्रेस २९ साउन २०८१ ६:२५
118
SHARES
फेरि फुट्यो मोहन वैद्यको पार्टी

काठमाडौँ- मोहन वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै हरिकृष्ण गजुरेललगायतका युवा नेताले क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरेका छन्।

१२ वर्षसम्म वैद्यलाई साथ दिँदा समेत वैद्यको सोचमा परिवर्तन नभएको भन्दै गजुरेलसहितका नेताहरूले बिद्रोह गरेका हुन्। गजुरेलसहित वैद्यको पार्टी छाड्नेमा भूपेन्द्र न्यौपाने (संकूल), र वसन्त बोगटी लगायतका नेता छन्। उनीहरूले आफूहरूसँग ७५ प्रतिशत नेता रहेको दाबी गरेका छन्।

अहिले यो पार्टीको महाधिवेशन जारी छ। ‘जारी बैठक उक्त निर्णयको आवरणमा मूलतः केन्द्रीय समिति र सचिवालय थप गर्ने अघोषित उद्देश्यमा केन्द्रित हुन पुगेको छ ।

यो अन्तर पार्टी जनवाद र विधानको गम्भीर उल्लंघन हो । यसप्रकारको स्थिति विकल्प राजनीतिक प्रस्तावको निषेध मात्र होइन, अपितु एकता महाधिवेशन र समग्र नेपाली क्रान्तिको बलिदान र आगामी विजय माथिको गम्भीर षड्यन्त्र हो । यसले अन्ततः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विघटन एवं दक्षिणपन्थी नवसंशोधनवाद, नवप्रतिक्रियावाद, बुर्जुवा संसदवाद र साम्राज्यवाद विस्तारवादको सेवा गर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।

एकता निष्कर्षमै नपुगी निस्किए धर्मेन्द्र
२०७९ साउन २० गते धर्मेन्द्र बाँस्तोला र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच एकता भएको थियो। तर, पार्टी एकता भएको दुई वर्षमै फेरि वैद्यको पार्टी फुट्यो। यही महिना नै धर्मेन्द्र अलग भए।

पार्टीभित्र देखापरेका सबैखाले समस्या हल गर्नको लागि पटक पटक अध्यक्ष मोहन वैद्यसँग छलफल भएको भए पनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएकोले आफूहरू अलग हुने निष्कर्षमा पुगेको धर्मेन्द्र समूहको भनाइ थियो। धर्मेन्द्र समूह पनि नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वबाट विभाजित भएर वैद्यसँग आएको थियो। यसअघि वैद्यसँग विप्लव समेत अलग्गिएका थिए। नेतृत्वमा कुरा नमिलेपछि विप्लव बाहिरिए।

सशस्त्र द्वन्द्व एक भएका वैद्य कुनै बेला प्रचण्डसँगै थिए। उनी प्रचण्डका राजनीतिक गुरु पनि हुन्। दोस्रो संविधानसभाको निर्वाचनताका प्रचण्डसँग वैद्यले सम्बन्ध तोडे। प्रचण्डलाई संसदबादी भासमा फसेको आरोप लगाएका उनी पनि अहिले विभाजित मात्र भइरहेका छन्।

प्रकाशित: २९ साउन २०८१ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast