हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनःउडान गर्ने

हिमाल प्रेस २८ साउन २०८१ २०:०४ | Monday, August 12, 2024
हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनःउडान गर्ने

काठमाडौँ- हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सीधा उडान पुनःसुरु गर्ने भएको छ। कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सीधा उडान पुनःसञ्चालन गर्न लागेको हो।

यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो।

काठमाडौँ-कुवेत-काठमाडौँमा पुनःसुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ। एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जीएसए) पार्टनरका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेका छ।

सुरुआतमा एयरलाइन्सले काठमाडौँ-कुवेत-काठमाडौँ हवाईमार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्तिमार्फत् जनाएको छ। काठमाडौँ-कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत-काठमाडौँ उडान बिहान ४ बजेर १५ मिनेटमा उडान भर्नेछ।

प्रकाशित: २८ साउन २०८१ २०:०४ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast