सकियो पेरिस ओलम्पिक खेल : कुन राष्ट्रले कति पद हात पारे?

हिमाल प्रेस २८ साउन २०८१ ६:४४
30
SHARES
सकियो पेरिस ओलम्पिक खेल : कुन राष्ट्रले कति पद हात पारे?

काठमाडौँ- ३३ औँ ओलम्पिक खेल भव्यताका साथ सम्पन्न भएको छ। अभिनेता टम क्रूज फ्रान्सको छानोबाट ओलम्पिक झन्डा संकलन गर्न झरे । जुन झण्डा अमेरिकी सहर लस एन्जलसलाई हस्तान्तरण गरियो। जहाँ सन् २०२८ मा अर्को ओलम्पिक हुनेछ।

यस ओलम्पिकमा ४० स्वर्ण, ४४ कास्य र ४२ रजतसहित अमेरिका १२६ पदक जितेर पहिलो स्थानमा रह्यो भने चीनले ४० स्वर्ण, २७ कास्य र २४ रजतसहित ९१ पदक जितेर दोस्रो स्थान हात पार्‍यो ।यस ओलम्पिकमा बेलायतले १४ स्वर्ण, २२ कास्य र २९ रजतसहित ६५ पदक जितेर तेस्रो स्थानमा रह्यो भने आयोजक फ्रान्सले १६ स्वर्ण, २६ कास्य र २२ रजतसहित ६४ पदक जितेर चौथो स्थान प्राप्त गर्‍यो ।

यस भव्य समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस वाचले ओलम्पिक खेलका बारेमा आफ्नो धारणा राखेका थिए ।

यही वर्षको अगस्ट २८ देखि सेप्टेम्बरसम्म फ्रान्सको राधानी पेरिसमा प्यारा ओलम्पिक खेल हुनेछ।

प्रकाशित: २८ साउन २०८१ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast