मधेशका मुख्यमन्त्री सिंहलाई आफ्नै पार्टीले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस २५ साउन २०८१ १७:३१
14
SHARES
मधेशका मुख्यमन्त्री सिंहलाई आफ्नै पार्टीले सोध्यो स्पष्टीकरण मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह। तस्बिर : रासस

काठमाडौँ- जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ। पार्टीको लाइनभन्दा फरक हिँडेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो।

जनमत पार्टीका प्रवक्ता शरतसिंह यादवले मुख्यमन्त्री सिंहसँग पार्टीले स्पष्टीकरण सोधेको पुष्टि गरे। ‘पार्टीको गाइडलाइन नमानेको पाइएको छ, उहाँसँग पार्टीले स्पष्टीकरण सोधेको छ,’ यादवले हिमालप्रेससँग भने।

उनले पार्टीको निर्देशन नमानेर आफू अनूकुल काम गरेको पाइएपछि मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको बताए।
मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नै नगरी पहिला मन्त्रालय बाँडफाँट गरेको र अहिले राज्यमन्त्री थपेको प्रवक्ता यादवले बताए।

राज्यमन्त्री थपेर मन्त्रिपरिषद सदस्यको संख्या २० पुगेपछि मुख्यमन्त्री सिंहको चर्को आलोचना भइरहेको छ।

जनमत पार्टीका प्रवक्ता यादवले पार्टीले परिणाम देखिने गरी जनताको हकहितका लागि मन्त्रालयहरूको काममा ध्यान दिन भने मुख्यमन्त्री सिंह उदघाटन कार्यक्रममा समय खर्चिँदै आएको बताए।

पार्टीले दिएको निर्देशनहरू बेवास्ता गरेको, बजेट बनाउने क्रममा माननीयहरूलाई पाँच करोड दिने विवादस्पद अभिव्यक्ति दिई पार्टीको छविमा बारम्बार आँच पु¥याउने काम गरेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको छ।

प्रकाशित: २५ साउन २०८१ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =