‘मन्त्री पद मेरा लागि केही होइन, पर्यटन मन्त्रालयमाथि धेरै प्रश्न उठेकाले गम्भीर छु’

हिमाल प्रेस २४ साउन २०८१ १५:२९
18
SHARES
‘मन्त्री पद मेरा लागि केही होइन, पर्यटन मन्त्रालयमाथि धेरै प्रश्न उठेकाले गम्भीर छु’ मन्त्री बद्रीप्रसाद पाण्डे।

काठमाडौँ- पर्यटनमन्त्री बद्री पाण्डेले आफू सरकारमा सहभागी हुनासाथ दुई वटा ठुला हवाई दुर्घटनापछि नैतिकताको प्रश्न उठेको बताउँदै आफू पनि गम्भीर भएर घोत्लिएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको बताएका हुन्।

‘यहाँ नैतिकताको पनि कुरा उठ्यो, उठाउने माननीय हिँडिहाल्नुभयो,’ उनले भने, ‘मन्त्री पदलाई ठुलो र दुर्लभ पद मानेको छैन। मेरो नैतिकताको विषय यसमा जोडिएको छ। म कस्तो मनोदशामा गुज्रिएको हुँला ? म एकप्रकारले अलमलिएको पनि छु। मैले निकै धेरै मेहनत गर्नुपर्ने देखेको छु। विकृतिको डंगुरमाथि उभिएकोजस्तो भएको छु। ‘

उनले आफ्नो मन्त्रालयमा जुन क्षेत्र हेर्‍यो सबै उस्तै रहेको बताए।

‘संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र सबै उस्तै छ। म साधारण मानिस हुँ। म इमान र मेहनतको बलमा आत्मविश्वास बोकेको मानिस हुँ,’ उनले भने, ‘आफूप्रति म विश्वस्त छु। नैतिकताको आधारमा छाडिहालौँ कि भन्ने पनि परेको छ। मैले छाडिहालेँ भने इमान र मेहनतको बाटोबाट च्युत हुने हो कि ! तथाकथित लोकप्रियताको काममात्रै हुने हो कि भन्ने पनि परेको छ। कुनै पनि क्षण कर्तव्य च्युत नहुनेगरी मन्त्री पद मेरो लागि केही होइन। मातहतका निकाय कारबाहीको विषयमा हामी घोत्लिएका छौँ।’

प्रकाशित: २४ साउन २०८१ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast