मानव स्रोत विकास केन्द्रले पठायाे सबै एकाइ प्रमुखलाई यस्ताे पत्र

हिमाल प्रेस २४ साउन २०८१ १३:१५
1.6k
SHARES
मानव स्रोत विकास केन्द्रले पठायाे सबै एकाइ प्रमुखलाई यस्ताे पत्र

काठमाडाैँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई कार्यक्रम प्रगतिको समीक्षा एवं शैक्षिक नीति तथा कार्यक्रम अभिमुखीकरणबारे पत्र पठाएकाे छ।

केन्द्रले यही साउन २१ गते आ.व २०८०/८१ को कार्यक्रमको प्रगति समीक्षा, चालु आ.व. २०८१/८२ को शैक्षिक नीति तथा मार्गदर्शन, प्रदेश र स्थानीय तहमा ससर्त अनुदानको रूपमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम र शिक्षा विकास तथा समन्वय एकाइका कार्यक्रम कार्यान्वयन सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा ताेकिएकाे विवरणसहित एकाइ प्रमुखलाई सहभागी हुन अनुराेध गरिएकाे छ।

अभिमुखीकरण कार्यक्रम भदाै ११, १२ गते बिहान ८ बजेदेखि आदर्श मा. वि. को सभाहलमा हुनेछ। त्यस्तै भदाै १३ गते शिक्षक सेवा आयोगको कार्यक्रम हुनेछ। अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आउँदा अनिवार्य रूपमा गत आव २०८०/८१ को शिक्षा विकास तथा समन्वय एकाइको भौतिक तथा वित्तीय प्रगति विवरण, वार्षिक स्थिति प्रतिवेदन (Hard copy र Soft copy दुवै) ल्याउनुपर्ने जनाइएकाे छ।

त्यसैगरी आव २०८०/८१ को जिल्ला भित्रका सबै स्थानीय तहको वार्षिक स्थिति प्रतिवेदन, गत आव २०८०/८१ को प्रमाणित आर्थिक विवरण, आव २०८०/८१ को आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सम्पन्न भएकोमा अन्तिम लेखापरीक्षण प्रतिवेदन तथा जिल्लाको बेरुजु र फछ्याैटको स्थितिको पछिल्लो अवस्था, चालु आव ८१/८२ का लागि बेरुजु फछ्यौटको ठोस कार्ययोजना र सम्परीक्षण तथा फछ्याैटका लागि तयार भएको बेरूजु विवरण साथै असुल उपर गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की बेरूजुको लगती विवरण, नियमित गर्नुपर्ने बेरुजुको नियमितसम्बन्धी विवरण र कागजात, जिल्लाभित्रको दरबन्दी मिलानको अवस्था र चालु आव २०८१/८२ मा दरबन्दी मिलान कार्यसम्पन्न गर्ने कार्ययोजना ल्याउनुपर्नेछ।

हेर्नुहाेस् पत्र

प्रकाशित: २४ साउन २०८१ १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =