जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

हिमाल प्रेस २३ साउन २०८१ १३:४६
8
SHARES
जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो प्रतिनिधिमूलक तस्बिर

सुर्खेत- जाजरकोटमा मंगलबार भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा भेरी नगरपालिका ६ का ८० वर्षीय कलिमान खत्रीको मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको प्रहरीले जनाएको छ।

भेरी नगरपालिका–६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगादेखि वडा नम्बर ६ नेटा जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप मंगलबार दुर्घटना भएको थियो। दुर्घटनामा घाइते चालक भेरी नगरपालिका–६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको मृत्यु भएको थियो।

दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षीया सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन्। त्यस्तै, २१ वर्षीया धनसरा खड्का, २८ वर्षीया भूमिकला राना घर्ती थिए। घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ साउन २०८१ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast