सहकारी छानबिन समितिले पीडक पक्षसँग पनि छलफल गर्ने

हिमाल प्रेस २१ साउन २०८१ १६:१०
12
SHARES
सहकारी छानबिन समितिले पीडक पक्षसँग पनि छलफल गर्ने छानबिन समितिको बैठक। फाइल तस्बिर

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले सहकारी ठगीका पीडक पक्षसँग पनि छलफल गर्ने भएको छ।

सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी ठगी प्रकरणका पीडक पक्षसँग छलफल गर्ने निर्णय गरेको हो। समितिले विभिन्न जेलमा रहेका सम्बन्धित पीडकहरूलाई आवश्यक छलफल गर्न समितिमा उपस्थित गराउन गृह मन्त्रालयलाई आग्रह गरिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए। उनले समिति निष्कर्षोन्मुख रहेको भन्दै अन्तिममा पीडकहरूसँग छलफल गरेर निर्णय प्रक्रियामा जाने बताए।

‘हामी करिब-करिब निष्कर्षतिर जान खोज्दैछौँ। पर्याप्त सुझावहरू हामीले लिइसकेका छौँ। प्रमाण पनि जुटाइसकेका छौँ। अब जे–जे जुटेका छन् ती प्राप्त प्रमाण र सुझावका आधारमा हामीले प्रतिवेदन तयार गर्ने प्रक्रियाको सुरुवात गर्न लागेका छौँ। अब पीडक पक्षसँग छलफल गर्न बाँकी छ। पीडक पक्षसँग पनि छलफल गर्छौँ,’ उनले भने।

सांसद दाहालले समितिले प्राप्त गरेका प्रमाण र सुझावका आधारमा प्रतिवेदन तयार गर्न सुरु गरिएको बताए।

प्रकाशित: २१ साउन २०८१ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + five =