प्रधानमन्त्री ओलीसहित ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक

हिमाल प्रेस २१ साउन २०८१ ११:१७
76
SHARES
प्रधानमन्त्री ओलीसहित ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक

काठमाडौँ- अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माणमा बनेको फिल्म ‘नमेटिने घाउ’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतको क्यारेक्टर लुक्स लेख्न सकिन्छ।

फिल्ममा ओलीले प्रधानमन्त्रीकै भूमिका निभाएका छन्। ३३ जना एसिड पीडितको कथामा आधारित फिल्म भदौ ७ गते प्रदर्शन हुनेछ। फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्।

फिल्ममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि अभिनय छ। त्यस्तै कलाकार सुरवीर पण्डित, सुनिल कटुवाल, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी र आरजु लेखकको अभिनय छ।

रमित ढुङ्गाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीतमा बनेको छ।

प्रकाशित: २१ साउन २०८१ ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =