भारत र श्रीलंकाबीचको एक दिवसीय शृंखलाको पहिलो खेल रोमान्चक बराबरी

हिमाल प्रेस १९ साउन २०८१ ८:०१
6
SHARES
भारत र श्रीलंकाबीचको एक दिवसीय शृंखलाको पहिलो खेल रोमान्चक बराबरी

काठमाडौँ- भारत र श्रीलंकाबीचको एकदिवसीय शृंखलाको पहिलो खेल बराबरीमा रोकिएको छ। श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले ४७.५ ओभरमा अलआउट हुँदै २३० रन नै बनाएपछि खेल टाई भएको हो। जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई बलमा २ विकेट गुमाएपछि खेल टाई भएको हो।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाएका थिए भने अक्सर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५, विराट कोहलीले २४ र श्रेयस अय्यरले २३ रनको योगदान दिएका थिए। त्यस्तै, श्रीलंकाका बलर वानिन्दु हसरंगा र चरिथ असलंकाले ३र३ विकेट लिए भने दुनिथ वेल्लालागेले २ विकेट लिएका थिए। यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो।

श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए। वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए। त्यसैगरी, अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४-१४ रन बनाएका थिए।

त्यसैगरी, भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए। मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एकएक विकेट लिएका थिए। यो खेल टाई भएपछि अब सिरिजको दोस्रो खेल आइतबार हुनेछ।

प्रकाशित: १९ साउन २०८१ ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast