अरिंगालले टोकेर युवकको मृत्यु

हिमाल प्रेस १८ साउन २०८१ १४:५८
अरिंगालले टोकेर युवकको मृत्यु प्रतीकात्मक तस्बिर।

गुल्मी- गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको शुक्रबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो।

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।

प्रकाशित: १८ साउन २०८१ १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast