‘१२ गाउँ’ को पोस्टरमा विराज र समीर

हिमाल प्रेस १८ साउन २०८१ १३:५६
16
SHARES
‘१२ गाउँ’ को पोस्टरमा विराज र समीर

काठमाडौँ- अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको फिल्म ‘१२ गाउँ’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा विराज भट्ट र डेब्यु अभिनेता समीर भट्ट एक्सन अवतारमा देखिएका छन्।

फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन्। फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ।

फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ। महेश पौडेल छायांकन रहेको फिल्म काठमाडौँ, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ।

एक्सन–थ्रिलर जनरामा बन्न लागेको फिल्ममा विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। तमिल तथा कन्नड फिल्मका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्।

फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीण केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ। फिल्म विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको हो।

प्रकाशित: १८ साउन २०८१ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =