काठमाडौं- साउन १८ देखि हलमा दुई फिल्म प्रदर्शन भएको छ। ‘मोदीबेनी’ र ‘शिरफूल’।
शंकर कोइरालाको निर्देशनमा बनेको फिल्म ‘मोदीबेनी’ का निर्देशक शंकर कोइराला हुन्। फिल्म पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ। फिल्म आनन्दविक्रम क्षेत्रीले लेखेका हुन्। फिल्ममा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, हिउवाला गौतम कमलमणि नेपाल, स्नेहा भट्टराईलगायत कलाकारको अभिनय छ।
कमल एक्चै मगरद्वारा निर्देशित फिल्म हो ‘शिरफूल’। आदिवासी जनजाति महिलाहरूले शिरमा लाउने, फूलका आकार हुने गहनामार्फत फिल्ममा छोरीको महत्वलाई बिम्बको रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायक कलाकारको अभिनय छ।
देवराज आले मगरको कथा रहेको फिल्म राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ। फिल्म निरोज श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादनमा बनेको छ। फिल्म आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा निर्माण भएको हो।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


