म्यानमारमा लम्बियो संकटकाल

हिमाल प्रेस १६ साउन २०८१ १८:५०
16
SHARES
म्यानमारमा लम्बियो संकटकाल

याङ्गुन (रासस/एएफपी)- म्यानमारको सेनाप्रति बफादार जुन्टा सरकारले बुधबार संकटकाल अवधि बढाएको छ।

सरकारले आपतकालीन अवस्थाको अवधि थप ६ महिना बढाउने सर्वसम्मतिले निर्णय गरेको स्थानीय सञ्चारमाध्यम एमआरटीभीले जनाएको छ।

सेनाले सन् २०२० को चुनावमा धोखाधडीको अप्रमाणित आरोप लगाएर सन् २०२१ मा आङ साङ सुकी नेतृत्वको निर्वाचित सरकारलाई सैन्य ‘कु’मार्फत हटाएर सत्ता कब्जा गरेको थियो।

म्यानमारको सेनाले बनाएको सन् २००८ को संविधान जुन्टाले अझै पनि लागू गरिरहेको छ। संविधानले संकटकाल अवस्था हटेको ६ महिनाभित्र नयाँ चुनाव गर्न निर्देश गरेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार म्यान्मारमा सेना र विपक्षीबीचको झडपका कारण २७ लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्।

प्रकाशित: १६ साउन २०८१ १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast