विकास र समृद्धि सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

हिमाल प्रेस १३ साउन २०८१ १३:१६ | Sunday, July 28, 2024
विकास र समृद्धि सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

लमजुङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आज बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा आयोजना गरेको उनको सम्मान तथा भेटघाट कार्यक्रममा जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरुप सरकारले विकास गर्ने सञ्चारमन्त्री गुरुङले बताए।

विभिन्न समयमा कांग्रेस र नेकपा एमाले मिलेको बताउँदै सञ्चारमन्त्री गुरुङले अहिले स्थिरता र जनतामा आशाको सञ्चार गर्न पुनः मिलेकाले सोही अनुरुप सरकारले विकास र समृद्धिको गति बढाउने विश्वास व्यक्त गरे। उनले सरकारमा अशोक राई, उपेन्द्र यादवलगायत नेतृत्वका पार्टीहरु पनि सामेल हुने जानकारी दिए। उहाँले सुशासनका लागि डिजिटल नेपाल आवश्यक रहेको धारणा राखे।

आगामी एक वर्षभित्रै सञ्चारजगत्का लागि आवश्यक ऐन, नियमहरू निर्माण गरिसक्ने बताउँदै उनले अहिलेको सूचना, प्रविधिको विकाससँगै समयअनुकूल हुनेगरी नयाँ ऐन, कानुनहरू तर्जुमा गरिने उल्लेख गरे।

सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारी लमजुङका उपाध्यक्ष सुरज गुरुङलगायतले शाखाका तर्फबाट सम्मानपत्र प्रदान गरेका थिए। सो कार्यक्रममा पत्रकार कृष्ण केसी, मीना गुरुङ, नवराज पहाडी, मिलन शर्मालगायतले सञ्चारमाध्यम र पत्रकारहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए।

प्रकाशित: १३ साउन २०८१ १३:१६ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast