ग्लोबल टी-२० लिगमा रोहित पौडेलकी टिम विजयी

हिमाल प्रेस १३ साउन २०८१ ९:४९ | Sunday, July 28, 2024
ग्लोबल टी-२० लिगमा रोहित पौडेलकी टिम विजयी

काठमाडौँ- क्यानडामा जारी ग्लोबल टी-२० लिगमा रोहितकुमार पौडेलको टोली टोरोन्टो नेसनल्सले जित निकालेको छ। यो रोहितको पहिलो खेल हो। आइतबार बिहान सम्पन्न खेलमा टोरोन्टोले ब्राम्पटन वुल्भ्सलाई आठ विकेटले पराजित गरेको गरेको हो। जारी लिगमा टोरोन्टोको यो लगातार दोस्रो जित हो।

प्रतियोगितामा ढिलो सहभागी भएका कारण रोहितले पहिलो खेल भने गुमाएका थिए। रोहित वुल्भ्सविरुद्ध प्लेइङ-११ मा रहे। तर उनले ब्याटिङ–बलिङको अवसर भने पाएनन् थिएनन् । यद्यपि फिल्डिङ भने उनले गज्जब गरे । उनले एक उत्कृष्ट रनआउट तथा एक शानदार क्याच लिएका थिए ।

विदेशी लिगमा रोहितको यो पहिलो खेल हो । जितसँगै टोरोन्टो दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ।

प्रकाशित: १३ साउन २०८१ ९:४९ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast