ग्लोबल टी-२० क्रिकेटमा सन्दीप र दीपेन्द्रको टीमको हार

हिमाल प्रेस १३ साउन २०८१ ९:२९ | Sunday, July 28, 2024
ग्लोबल टी-२० क्रिकेटमा सन्दीप र दीपेन्द्रको टीमको हार

काठमाडौँ- ग्लोबल टी-२० क्रिकेटमा भनकौभर नाइट्सले लगातार दोस्रो खेलमा हार भोगेको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी समिलित नाइट्स बंग्ला टाइगर्स मिसीसौगासँग २२ रनले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बंग्ला टाइगर्सले निर्धारित २० ओभरमा १ सय ५२ रन बनाएको थियो। उसका लागि इफ्तिखर अहमेदले ५० रन बनाउँदा हर्जतुल्लाह जजाइले ३३ रन बनाए। त्यस्तै, पर्गत सिंहले २० रन बनाउँदा डिलोन हेलीघरले २७ रन बनाएका थिए। गुर्पल सिन्धु १० रनमा अविजित रहे।

नाइट्सका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर २ विकेट लिंदा मोहमम्द अमिर, जर्मी गोर्डन, ड्वानी प्रिटोरियस र पउल भान मेकेरेनले समान १-१ विकेट लिए।

१ सय ५३ रनको लक्ष्य पछ्याएको भनकौभर नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सफल भयो। उसका लागि हर्ष थकिरले ७९ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक ड्वानी प्रिटोरियसले २९ रन बनाउँदा नेपाली खेलाडी दीपेन्द्र भने १ रनमै आउट हुन पुगेका थिए।

सन्दीप लामिछाने २ रनमा अविजित रहे। यसअघि भनकौभर नाइट्स आफ्नो पहिलो खेलमा टोरन्टो नेशन्ससँग पराजित भएको थियो।

 

प्रकाशित: १३ साउन २०८१ ९:२९ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast