श्रीलंकाविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा भारत विजयी

हिमाल प्रेस १३ साउन २०८१ ७:४९ | Sunday, July 28, 2024
श्रीलंकाविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा भारत विजयी

काठमाडौँ- भारतले श्रीलंकाविरुद्धको टी-२० श्रृंखलामा विजयी सुरुवात गरेको छ। गएराति सम्पन्न शृंखलाको पहिलो खेलमा भारत ४३ ले विजयी हुँदै सिरिजमा विजयी सुरुवात गरेको हो।

भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.२ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले सर्वाधिक ७९ रन बनाए भने कुसल मेन्डिसले ४५ तथा कुसल परेराले २० रन बनाएका थिए।

त्यसैगरी भारतीय बलर रियान परागले ३ तथा अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने मोहमद सिराज र रवि विश्नोईले एक एक विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। भारतका लागि कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाएका थिए भने ऋषव पन्तले ४९, यशस्वी जैसवालले ४०, शुभमन गिलले ३८ रन बनाएका थिए। त्यसैगरी श्रीलंकाका बलरमाथीसा पाथिरानाले सर्वाधिक ४ विकेट लिएका थिए।

यो जितपछि भारतले शृंखलामा १-० को अग्रता हासिल गरेको छ। अब सिरिजको दोस्रो खेल आज हुँदैछ।

प्रकाशित: १३ साउन २०८१ ७:४९ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast