भारत–श्रीलंका टी–२० श्रृंखला : भारतीय टीममा ‘गम्भीर’ युगको प्रारम्भ

हिमाल प्रेस १२ साउन २०८१ १९:०६ | Saturday, July 27, 2024
भारत–श्रीलंका टी–२० श्रृंखला : भारतीय टीममा ‘गम्भीर’ युगको प्रारम्भ

काठमाडौँ – भारत र श्रीलंकाबीच टी–२० श्रृंखलाअन्तर्गत शनिबार पहिलो खेल हुँदैछ।

श्रीलंकाको पल्लेकेल मैदानमा टी–२० श्रृंखलाको पहिलो खेल हुन लागेको हो। दुवै देशबीचको खेल साँझ ७ : १५ मा सुरू हुनेछ।
केहीबेरअघि भएको टसमा श्रीलंकाले भारतलाई ब्याटिङका लागि निम्तो दिएको छ।

रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजाले सन्यास घोषणा गरिसकेकाले टी–२० श्रृंखलामा उनीहरू उपलब्ध हुने छैनन्। त्यस्तै केही दिनअघि भएको टी–२० विश्वकप प्रतियोगितामा शानदार प्रदर्शन गरेका तीब्र गतिका बालर जसप्रित बुमराहलाई पनि आराम दिइएको छ।

रोहित, विराटहरू नहुँदा टी–२० श्रृंखलामा भारतीय टोलीको नेतृत्व ब्याटर सूर्यकुमार यादवले गरिरहेका छन्।

त्यस्तै यो श्रृंखलाबाट भारतीय टोलीका नवनियुक्त प्रशिक्षक गौतम गम्भीरको कोचिङ युग प्रारम्भ भइरहेको छ।

विगतमा भारतका लागि ओपनर ब्याटरको जिम्मेवारी सम्हालिसकेका गम्भीर पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण गरिरहेका हुन्।

टिमको सफल प्रशिक्षकको पहिचान बनाइसकेका राहुल द्रविडको अवकाशपछि आगमन भएको गम्भीरको प्रशिक्षणलाई धेरैले ‘गम्भीर’ रूपमा नियालिरहेका छन्।

 

 

प्रकाशित: १२ साउन २०८१ १९:०६ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast