कमला ह्यारिसले गरिन् अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा

हिमाल प्रेस १२ साउन २०८१ ९:१६ | Saturday, July 27, 2024
कमला ह्यारिसले गरिन् अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा

कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। सोसल मिडिया प्लेटफर्म एक्समार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।

‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरें,’ उनले लेखेकी छन्, ‘म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु । नोभेम्बरमा जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ।’

पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

अधिकांश लोकतान्त्रिक सांसद उनको पक्षमा रहेकोले आगामी महाधिवेशनमा उनलाई औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ ।

प्रकाशित: १२ साउन २०८१ ९:१६ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast