महिला एसिया कप : श्रीलंकाको उपाधि भिडन्त भारतसँग

हिमाल प्रेस १२ साउन २०८१ ६:५९
16
SHARES
महिला एसिया कप : श्रीलंकाको उपाधि भिडन्त भारतसँग

काठमाडौँ- श्रीलंका महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंका फाइनलमा प्रवेश गरेको हो।

डम्बुलामा पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। श्रीलंकाले अब उपाधिका लागि भारतको सामना गर्नेछ। भारत र श्रीलंकाबीचको फाइनल खेल आइतबार हुने तय भइसकेको छ ।

प्रकाशित: १२ साउन २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =