एसीसी महिला टी–२० सेमिफाइनल : बंगलादेशलाई हराउँदै भारत फाइनलमा

हिमाल प्रेस ११ साउन २०८१ १६:४२ | Friday, July 26, 2024
एसीसी महिला टी–२० सेमिफाइनल : बंगलादेशलाई हराउँदै भारत फाइनलमा

काठमाडौँ- बंगलादेशलाई पराजित गर्दै भारत एसीसी महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शुक्रबार श्रीलंकाको दाम्बुला मैदानमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गरेको हो।

बंगलादेशले जितका लागि प्रस्तुत गरेको ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ओभरमा पूरा गर्‍यो।

भारतका लागि ओपनरद्वय स्मृति मन्दानाले ५५ र सेफाली बर्माले २६ रन बनाइन्।

बंगलादेशविरूद्धको यो जितसँगै भारत एसीसी महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८० रन बनाएको थियो।

बंगलादेशका ब्याटरहरू भारतीय बलरसामु निरीह देखिएका थिए।

बंगलादेशका लागि कप्तान निगर सुल्तानाले सर्वाधिक ३२ रन बनाए।

त्यस्तै शोर्ना अख्तरले १९, दिलारा अख्तरले ६, मुर्सिद खातुनले ४, इशामा तन्जीमले ४ रनको योगदान दिए।

भारतका लागि रेनुका सिंहले सर्वाधिक तीन विकेट लिइन्। कसिलो बलिङ गरेकी सिंहले ४ ओभरको स्पेलमा एक मेडिन दिएर जम्मा १० रन खर्च गरिन्।

त्यस्तै राधा यादवले पनि ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन्। पूजा वस्त्राकर र दिप्ती शर्माले १–१ विकेट लिइन्।

समूह ‘ए’ को शीर्ष स्थानमा रहेको भारत र समूह ‘बी’ को दोस्रो स्थानमा रहेको बंगलादेशबीच पहिलो सेमिफाइनल भएको हो।

सेमिफाइनलको दोस्रो खेल आजै श्रीलंका र पाकिस्तानबीच हुँदैछ।

सेमिफाइनलका विजेता दुई टिम उपाधिका लागि फाइलनमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ११ साउन २०८१ १६:४२ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast