घर भत्किँदा आठजना घाइते

हिमाल प्रेस ११ साउन २०८१ ९:५५ | Friday, July 26, 2024
घर भत्किँदा आठजना घाइते सांकेतिक तस्बिर

सुर्खेत– जाजरकोटको छेडागाड नगरपालिका-१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन्। घरमूली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

ढुंगामाटोले बनेको एकतले घर शुक्रबार बिहान भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया संगीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन्।

दुर्घटनामा पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका छजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने संगीता र नवराज सामान्य घाइते भएका प्रहरी प्रमुख पाण्डेले जानकारी दिए। रासस

प्रकाशित: ११ साउन २०८१ ९:५५ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast