‘देवी’ को दुई क्यारेक्टर पोस्टर

हिमाल प्रेस १० साउन २०८१ १७:०९ | Thursday, July 25, 2024
‘देवी’ को दुई क्यारेक्टर पोस्टर

काठमाडौँ- फिल्म ‘देवी’ को दुई क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता गौरव पहारी र नाजिर हुसेनको चरित्रलाई स्थान दिएको छ। यसअघि फिल्मकी मुख्य अभिनेत्री शिल्पा मास्केको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो।

फिल्ममा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी र नाजिर एक संस्था सञ्चालकको भूमिकामा छन्। फिल्ममा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय छ।

सञ्जोग राई निर्देर्शित फिल्म क्राइम थ्रिलर जनरामा बनेको छ। फिल्म आगामी भदौ २१ मा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ। फिल्मको पटकथामा निर्देशक राईसहित अजय गौतम छन्।

फिल्म निर्देशनमा डेब्यु गरिरहेका राईले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा पेस गर्ने बताउँदै आफूले यसमा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको बताए।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान हुन्। एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्मले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ।

प्रकाशित: १० साउन २०८१ १७:०९ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast