नेपालबाट तिब्बततर्फ विदेशी मुद्रा लैजाने पक्राउ

हिमाल प्रेस १० साउन २०८१ ७:१९ | Thursday, July 25, 2024
नेपालबाट तिब्बततर्फ विदेशी मुद्रा लैजाने पक्राउ प्रतिनिधिमूलक तस्बिर।

रसुवा- गैरकानुनी ढंगले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलरसहित पक्राउ गरिएको हो।

भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले निजलाई पक्राउ गरेको हो।

प्रकाशित: १० साउन २०८१ ७:१९ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast