दुर्घटनामा परेको सौर्यको जहाज २१ वर्ष पुरानो

हिमाल प्रेस ९ साउन २०८१ १३:०८
200
SHARES
दुर्घटनामा परेको सौर्यको जहाज २१ वर्ष पुरानो त्रिभुवन विमानस्थलमा बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान। तस्बिर स्रोत : नेपाली सेना

काठमाडौँ- आज बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ जाँदै गर्दा जहाज दुर्घटनामा परेको हो।

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

जहाजमा १९ जना सवार थिए। तीमध्ये १८ जनाको निधन भइसकेको प्रहरीले जनाएको छ। क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ। सबै शवलाई पनि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ।

२१ वर्ष पुरानो जहाज

आज दुर्घटनामा परेको सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको सौर्यको जहाज २१ वर्ष पुरानो हाे। यो जहाज सन् २००३ को अप्रिलमा बमबार्डिएर कम्पनीले बनाएको हो। जहाज सुरुमा एटलान्टिक कोएस्ट एयरलाइन्सले किन्यो २००३ मे मा।

एटलान्टिकले सन् २००४ अगस्टमा इन्डिपेन्डेन्स एयरलाई बेचेको थियो। उसले पनि २००७ जुनमा एरिक एयरलाई बेच्यो।

एरिक एयरले २००८ अप्रिलमा एसए एक्सप्रेसलाई बेच्यो। एसए एक्सप्रेसले पनि एरोलेस कम्पनीलाई २०१७ जनवरीमा बेच्यो। एरोलेसले नेपालको सौर्य एयरलाइन्सलाई २०१७ मार्चमा बेचेको हो। सोही जहाज आज दुर्घटनामा पर्‍यो।

 

प्रकाशित: ९ साउन २०८१ १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =