पाथीभरामा करिब चार करोड भेटी संकलन

हिमाल प्रेस ९ साउन २०८१ १२:३० | Wednesday, July 24, 2024
पाथीभरामा करिब चार करोड भेटी संकलन

ताप्लेजुङ- पाथीभरामा एक वर्षको अवधिमा करिब चार करोड भेटी संकलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रूपमा चढाएको उक्त रकम संकलन गरिएको हो। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै एक करोड छ लाख ४३ हजार एक सय ७२ भेटी संकलन भएको थियो।

पुसमा ३५ लाख २९ हजार, माघमा २४ लाख एक हजार पाँच सय र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० भेटी संकलन भएको समितिले जनाएको छ। पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए। चैत मात्र रु ७५ लाख सात हजार एक सय ५० भेटी संकलन भएको उनले जानकारी दिए।

पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा रु ६९ लाख ३२ हजार चार सय, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ र असारमा १६ लाख ८८ हजार नौ सय भेटी संकलन भएको उल्लेख गरिएको छ। गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ।

प्रकाशित: ९ साउन २०८१ १२:३० | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast