एसीसी टी–२० कप : नेपाल र भारत भिड्दै, भारतले रोज्यो ब्याटिङ

हिमाल प्रेस ८ साउन २०८१ १९:०८ | Tuesday, July 23, 2024
एसीसी टी–२० कप : नेपाल र भारत भिड्दै, भारतले रोज्यो ब्याटिङ

काठमाडौँ- श्रीलंकाको दाम्बुलामा जारी एसीसी टी–२० क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

नेपालविरूद्धको खेलमा भारतीय टोलीको नेतृत्व गरिरहेको स्मृति मन्दानाले टस जितेर ब्याटिङ रोजेकी छन्।

यसअघि पाकिस्तान र युएईविरूद्धको खेलमा जित हात पारिसकेको भारतीय टोली समूह चरणको अन्तिम खेलमा नेपाललाई पराजित गरेर क्लिन स्वीप गर्ने योजनामा देखिएको छ।

यता, सेमिफाइनलसम्मको यात्रा तय गर्न नेपाली टोली जित्नैपर्ने दबाबमा छ।

समूह चरणअन्तर्गतको खेलमा नेपाली टोलीले एकमात्र खेल युएईसँग जित हासिल गरेको छ।

आफ्नो दोस्रो खेल नेपालले पाकिस्तानसँग हारको सामना गर्नुपरेको थियो।

प्रकाशित: ८ साउन २०८१ १९:०८ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast