यस्ताे छ ‘आउट लः दफा २१९’ काे टिजर

हिमाल प्रेस ८ साउन २०८१ ११:१८ | Tuesday, July 23, 2024
यस्ताे छ ‘आउट लः दफा २१९’ काे टिजर

काठमाडौँ- अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिकामा रहेको फिल्म ‘आउट लः दफा २१९’ को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो।

१ मिनेट २७ सेकेण्डको टिजरमा अपराधी पक्रिन गरेको संघर्ष देखाइएको छ। एक्सन जनरामा बनेको फिल्म असोज ३ मा प्रदर्शन हुनेछ। फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, सोनी ल्यागुन र विशाल पहारीलगायत कलाकारको अभिनय छ।

बिक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अमित अग्रहरीले लगानी गरेका छन्। स्याडो पिक्चर्स तथा रेट्रो फिल्मस्को ब्यानर निर्माण भएको फिल्म नवीन गुरुङको छायांकन, चुल्ठे काजीको एक्सन निर्देशन छ। विनोद कडायत कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्माता विकास चौधरी हुन्।

प्रकाशित: ८ साउन २०८१ ११:१८ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast