साढे ६ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा

हिमाल प्रेस ८ साउन २०८१ ८:३८
10
SHARES
साढे ६ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा

सुर्खेत- कर्णाली प्रदेशसभामा नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ। सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो ।

संघीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो ।

प्रदेश संरचना कार्यान्वयन भएको साढे ६ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका थिए।

अब कर्णालीमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीचमा सत्ता सहकार्य हुनेछ । सरकारमा सहभागी हुने विषयमा आजैदेखि छलफल सुरु हुने भए पनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिए । रासस

प्रकाशित: ८ साउन २०८१ ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =