एसीसी महिला टी –२० कप : मलेसियासामु श्रीलंकाले प्रस्तुत गर्‍यो १८५ रनको लक्ष्य

हिमाल प्रेस ७ साउन २०८१ १६:०६ | Monday, July 22, 2024
एसीसी महिला टी –२० कप : मलेसियासामु श्रीलंकाले प्रस्तुत गर्‍यो १८५ रनको लक्ष्य

काठमाडौं- एसिसी महिला टि–२० क्रिकेट प्रतियोगितामा श्रीलंकाले मलेसियासामु १८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

सोमबार डाम्बुला मैदानमा भएको खेलमा कप्तान चामराई अट्टापट्टुको सतकीय इनिङको मद्तले श्रीलंकाले यो लक्ष्य प्रस्तुत गरेको हो।

अट्टापट्टुले ६९ बलमा ११९ रन बनाएर नटआउट रहिन्। आफ्नो सतकीय इनिङमा उनले १४ चौका र ७ छक्का प्रहार गरिन्।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो।

श्रीलंकाका लागि अनुस्का सन्जीवानीले ३१ र हर्सिता समरविक्रमाले २६ रनको योगदान दिए।

मलेसियाका लागि विनफ्रेड डुरैसिंगमले २ तथा सुबिका मनिभानन र मारिया इजाती इस्माइलले १–१ विकेट लिइन्।

जारी प्रतियोगिता आफ्नो पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरिसकेको छ।

मलेसियाविरूद्ध जित हासिल गरे श्रीलंका सेमिफाइनलमा स्थान सुनिश्चित गर्नेछ।

प्रकाशित: ७ साउन २०८१ १६:०६ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast