राजनीतिक अस्थिरता बढेपछि कांग्रेस-एमाले मिले : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ६ साउन २०८१ १२:४८ | Sunday, July 21, 2024
राजनीतिक अस्थिरता बढेपछि कांग्रेस-एमाले मिले : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेकाे सरकारले यसअघिकाे सरकारले भन्दा राम्राे काम गर्ने बताएका छन्। आज तारकेश्वर नगरपालिकाकाे नयाँ प्रशासकीय भवनकाे उद्घाटन गर्दै उनले जनताकाे चाहनाअनुसार काम हुन नसकेकैले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएकाे भन्दै याे सरकारले राम्राे काम गर्ने दाबी गरेका हुन्।

‘याे सरकार अहिले संसद्काे पहिलाे र दाेस्राे दल मिलेर बनेकाे छ। यसरी सरकार बनाउनुपर्ने अवस्थम कसरी आयाे भने याेभन्दा अगाडिकाे सरकार टिक्न सकेन। राजनीतिक अस्थिरता भयाे। जनताकाे चाहनाअनुसार काम हुन सकेन,’ उनले भने, ‘याे सरकारले अगाडीका सरकारले भन्दा राम्राे पर्फमेन्स गर्छ। जनतामा आशा जगाउने गरि काम गर्नेछ।’

त्यस्तै, उनले विकास निर्माणकाे काम एकै दिनमा नहुने र समय लाग्ने भन्दै नेपालकाे अवस्था बुझ्न पनि आग्रह गरे। प्रत्यक्ष जनतासँग जाेडिएकाे सरकार स्थानीय सरकार भएकाे भन्दै उनले स्थानीय सरकारलाई सु-व्यवस्थित गर्नुपर्नेमा जाेड दिए।

आज उद्घाटन भएकाे भवनले जनतालाई सेवा प्रवाहमा सहजता थपिने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले सम्पदा र आफ्नाे पहिचानकाे रक्षा हुने गरी आधुनिक नगरपालिका बनाउनका लागि सुझाव दिए।

प्रकाशित: ६ साउन २०८१ १२:४८ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast