महिला एसिया कप : बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै नेपाल

हिमाल प्रेस ६ साउन २०८१ ७:४३ | Sunday, July 21, 2024
महिला एसिया कप : बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै नेपाल नेपाली महिला टिम। तस्बिर :क्यान

काठमाडौँ- श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ। नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ।

नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्स (यूएई)लाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो। यएई नेपालभन्दा बलियो टिम मानिन्छ। तर नेपालले सहज जित निकाल्यो। नेपालले पाकिस्तानमाथि पनि जितको आशा राखेको छ।

ब्याटिङ र बलिङले साथ दिएमा जित हुने अनुमान छ। यसअघिको खेलमा नेपालका ब्याटर सम्झना खड्काबाहेक अन्य चल्न सकेनन्। अन्य ब्याटरले साथ दिएमा जित निकाल्ने दाउमा नेपाली टिम हुनेछ। यता पाकिस्तान भने भारतसँग हार व्यहोरेको टिम हो। पहिलो खेलमा भारतसँग ७ विकेटको जित निकालेको थियो।

आजै हुने समूह ‘ए’को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ। भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ । यो खेल आइतबार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

त्यस्ते, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

प्रकाशित: ६ साउन २०८१ ७:४३ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast