संसद् भवनको निर्माण कार्य समयमै पूरा गर्न प्रयास गर्नेछु : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ४ साउन २०८१ १४:३९ | Friday, July 19, 2024
संसद् भवनको निर्माण कार्य समयमै पूरा गर्न प्रयास गर्नेछु : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद्‌ भवन थपिएको समयसीमाभित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय संसद्‌का पदाधिकारीहरूले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रियसभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरूलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने सिंहले बताए।

राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढिलाई नगरी काम गर्न पनि मातहतका निकायलाई सिंहले निर्देशन दिए। उपप्रधानमन्त्री सिंहले सो भवन निर्माणका लागि कुनै समस्या भए हटाएर अघि बढ्न पनि आफूले पहल गर्ने बताए।

प्रकाशित: ४ साउन २०८१ १४:३९ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast