महिला एसिया कप : आज नेपाल र यूएई भिड्दै

हिमाल प्रेस ४ साउन २०८१ ६:५० | Friday, July 19, 2024
महिला एसिया कप : आज नेपाल र यूएई भिड्दै

काठमाडाैँ- एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले डम्बुला मैदानमा यूएईको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।

आजै हुने अर्काे खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल पनि साेही मैदानमा साँझ ७:१५ बजे सुरु हुनेछ। प्रतियोगिता आजदेखि साउन १३ गतेसम्म हुनेछ।

प्रतियोगितामा आठ टिम सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तानसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुई-दुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टिमबीच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो। नेपाली महिला एसिया कप टिमको नेतृत्व (नेपाल क्रिकेट संघ) क्यानले इन्दु बर्मालाई दिएको छ।

नेपाली टिममा पूर्वकप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

प्रकाशित: ४ साउन २०८१ ६:५० | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast