नेपालसहित ६ राष्ट्रलाई ‘आईसीसी डेभलपमेन्ट अवार्ड’

हिमाल प्रेस ३ साउन २०८१ ९:१८
6
SHARES
नेपालसहित ६ राष्ट्रलाई ‘आईसीसी डेभलपमेन्ट अवार्ड’

काठमाडौँ- नेपाल, ओमान, नेदरल्यान्ड्स, यूएई र स्कटल्यान्डसहित ६ राष्ट्रले आईसीसी डेभलपमेन्ट अवार्ड प्राप्त गरेको अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले घोषणा गरेको छ। बुधबार आईसीसीले यसको औपचारिक घोषणा गरेको हो। क्रिकेट खेलको विकासका लागि आईसीसी एसोसिएट सदस्यले गरेका कार्यक्रमलाई प्रोत्सहान गर्न आईसीसीले अवार्ड दिने गरेको छ।

२००२ मा सुरु भएको आईसीसी अवार्ड एसोसिएट देशमा क्रिकेटको विस्तारमा प्रोत्साहन गर्न दिने गरिन्छ। नेपाल क्रिकेट संघ (क्यान)लाई आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड दिने आइसिसीले घोषणा गरेको छ। यसअघि नेपालले यहिँ विधामा एसिया क्षेत्रको अवार्ड प्राप्त गरेको थियो।

आईसीसीले प्रदान गरेको यो अवार्डका लागि कुनै नगद पुरस्कार वा परियोजना भने छैन। यो अवार्ड आइसिसीले दिएको सम्मान भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए। आईसीसीले बुधबार यो विधामा नेपालले ग्लोबल अवार्ड पनि पाएको घोषणा गरेको हो। आईसीसीका अनुसार पछिल्लो वर्ष नेपालको फ्यानबेस फेसबुक लगायतका सामाजिक सञ्जालमा ४ सय प्रतिशत भन्दा बढीको पहुँचमा पुगेको छ। जसका कारण नेपालको क्रिकेट देश र देश बाहिरका दर्शकमाझ प्रचार भएको आईसीसीको भनाइ छ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले अवार्डपछि आईसीसीसँग कुरा गर्दै गर्व लागेको बताएका छन्।

प्रकाशित: ३ साउन २०८१ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =